नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

नेपाल र हङकङबीचको खेल वर्षाले रोकियो

काठमाडाैं ।  

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित भएको छ।

हङकङको टिन कोङ रिक्रियशनमा पाचौं ओभरको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको छ।

पानी परेपछि त्रिपाल राखेर मैदान ढाकिएको छ।

नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

पाचौं ओभर चलिरहँदा हङकङले १ विकेट गुमाएर ४३ रन बनाएको छ।

नेपालका करण केसीको बलमा हङकङका मार्टिन कोइत्जी रोयल डक भएका थिए।

अहिले निजाकत खान र अन्सी रथ ब्याटिङमा छन्।