नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने: दीपेन्द्र, कुशल,आसिफ टीममा छैनन्

नेपालले हङकङविरुद्ध पहिला फिल्डिङ गर्ने: दीपेन्द्र, कुशल,आसिफ टीममा छैनन्

काठमाडौं ।

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ ।

मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।