बेलायत पठाउँछु भनेर २९ लाख ८८ हजार ठगी, महिला पक्राउ

बेलायत पठाउँछु भनेर २९ लाख ८८ हजार ठगी, महिला पक्राउ

काठमाडाैं ।

बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्ने लक्ष्मी लिम्बु छिन् ।

३४ वर्षीया लिम्बुलाई भैंसेपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

मोरङको उर्लाबारी नगरपालिका–९ घर भएकी लिम्बुले रविन सौजु समेत ४ जनासँग २९ लाख ८८ हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

वैदेशिक रोजगारीमा बेलायत पुग्न २३ लाख लाग्ने र त्यहाँ ‘केयर गिभर’ को काम लगाउँछु भनेर उनले पटक–पटक गरेर सो रकम लिएकी हुन् ।

रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितले उजुरी गरेका थिए । उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले बताए ।