म्याद गुज्रेको आइसक्रिम बेच्नेलाई १ लाख रुपैयाँ जरिबाना

म्याद गुज्रेको आइसक्रिम बेच्नेलाई १ लाख रुपैयाँ जरिबाना

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले म्याद गुज्रेको आइसक्रिम बेच्नेलाई १ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

महानगरले अनुगमनको क्रममा इन्द्रचोकमा स्वस्तिक स्विट्स एन्ड सेल्सले म्याद गुज्रेको आइसी लिक्स नाम गरेको आइसक्रिम बेचेको भेट्याएको थियो ।

म्याद गुज्रेको आइसक्रिम बेच्ने स्वस्तिक स्विट्स एन्ड सेल्सका सञ्चालक सञ्जय कुमारलाई १ लाख रुपैयाँ जरिबाना तिराइएको महानगरले जनाएको छ ।

‘खाद्य सुरक्षालाई ध्यान दिँदै हामीले निरन्तर अनुगमन गरिरहेका हुन्छौं, सोही क्रममा बजारमा मिति नाघेका आइसक्रिम भेटेपछि कारबाही गरेका हौं,’ महानगरका अनुगमन अधिकृत डा. अवधेशकुमार झाले भने ।