बलात्कृत छोरीले आत्महत्या गरेपछि बुबाले पनि गरे आत्महत्या

बलात्कृत छोरीले आत्महत्या गरेपछि बुबाले पनि गरे आत्महत्या

यूपी

केही दिनअघि उत्तर प्रदेशको हमिरपुरमा बस्ने दुई आफन्त पर्ने दिदीबहिनीमाथि कानपुरस्थित इँटा भट्टामा सामूहिक बलात्कारको घटना सार्वजनिक भएको थियो । घटनापछि दुई जनाले आत्महत्या गरेका थिए ।

अहिले दुईमध्ये एक पीडितका बुवाले समेत आत्महत्या गरेका छन् । इँटा भट्टाका मालिकले पीडित परिवारलाई सहमतिका लागि दबाब दिएको आरोप छ । अहिले प्रहरी घटनाको अनुसन्धानमा जुटेका छन् ।

भारतीय मिडियाका अनुसार हमिरपुरको सिलोसर थाना क्षेत्रमा बस्ने एक परिवार कानपुरको घाटमपुरमा बसेर इँटा भट्टामा काम गर्थे । उनीहरूका छोरीहरूको बलात्कार गरेर भिडियोसमेत बनाइएको थियो । घटनापछि दुवैले आत्महत्या गरेका थिए । प्रहरीले घटनामा संलग्न सबै आरोपितलाई पक्राउ गरिसकेको छ ।

घटनापछि इँटा भट्टाको सञ्चालकले परिवारलाई सहमति पत्रमा हस्ताक्षर गर्नका लागि दबाब दिइरहेका थिए । दबाबबिच पिताले पनि आत्महत्याको बाटो रोजेको बताइएको छ । प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ ।

इँटा भट्टाका ठेकेदार रामस्वरुप, रज्जू र सञ्जूले दुई नाबालिगहरूलाई रक्सी खुवाएर बलात्कार गरेका थिए । घटनाको भिडियो बनाएर उनीहरूले ब्ल्याकमेलिङसमेत सुरु गरेका थिए । यसबाट आहत भएर दुई जनाले २९ फेब्रुअरीमा आत्महत्या गरेका थिए । –आजतकबाट