पथरीशनिश्चरेमा खोरेत रोगकाे महामारी, वडाले निकाल्याे सुचना

पथरीशनिश्चरेमा खोरेत रोगकाे महामारी, वडाले निकाल्याे सुचना

मोरङ।

मोरङको पथरी शनिश्चरे–८ मा गाई भैसिमा खोरेत रोगको सङक्रमण देखिएको छ ।

वडा नम्बर ८ को मंगलबारे प्रतीक्षा चौकमा पशुहरूलाई यो महामारी खोरेत रोग देखापरेको हो ।

हावाको माध्यमबाट सर्ने यो सरुवा रोगले पशुवस्तुको खुर सुनिएर कुहिने, उच्छ ज्वरो आउने भएकोले सबै पशुपालक किसान सचेत रहन वडाले सुचना गरेको छ ।

यो रोग देखा परेपछि वडा न ८ का वडा अध्यक्ष नविन कार्कीले आजको दिनदेखि रोग निर्मुल नभएसम्म मंगलबारे वरपरका पशुहरुलाई बाहिर नलान सूचना जारी गरेका छन् ।

यो रोग विरुद्धको निःशुल्क खोप लगाउन सुरु गरि सकिएको वडा अध्यक्ष कार्कीले जानकारी दिए ।