बस दुर्घटनामा बेपत्ता भएकी अर्की महिलाको पनि शव फेला

बस दुर्घटनामा बेपत्ता भएकी अर्की महिलाको पनि शव फेला

त्रिशूली ।

त्रिशूलीमा बस दुर्घटना हुँदा बेपत्ता रहेकी एक जना महिलाको पनि शव फेला परेको छ।

बिहीबार दिउँसो पौने २ बजे एक जना महिलाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

यसअघि बिहीबार नै एक जना युवकको शव फेला परेको थियो।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस आदामघाटबाट खटिएको गोताखोरको टोलीले नदीबाट बाहिर निकालेको हो।

दुवै शवको सनाखत गर्ने काम भइरहेको छ।

बुधबार रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित सडकबाट सय मिटर तल त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। बिहीबार थप दुई जनाको शव फेला परेको हो।

३८ जनालाई उद्धार गरिएको थियो।

बस चालक रूपन्देही लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा छन्।