आरजु र शेरबहादुर देउवा नेपाल निवासमा

आरजु र शेरबहादुर देउवा नेपाल निवासमा

काठमाडौं।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माधवकुमार नेपाल निवास पुगेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा नयाँ गठबन्धन सुरू भए पछि देउवा नेपाल निवास पुगेका हुन् ।

पत्नी आरजु देउवासहित सभापति देउवा नेपाल निवास पुगेका हुन ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।