‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि, के छ नाेटमा ?

‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि, के छ नाेटमा ?

चितवन ।

चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ।

आफूसहित अन्य दुईजना साथीहरू बस्ने कोठामा झुन्डिनुअघि लेखेको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो।

प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि भएको जनाएको छ।

उनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा भनिएको छ, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरेँ, मेरो मम्मी बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी!’

पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा १४ वर्षीया शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् ।