नेपाललाई हराउँदै टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सकाे पाेल्टाेमा

नेपाललाई हराउँदै टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सकाे पाेल्टाेमा

काठमाडौँ ।

त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सले जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्ड्सले १९।३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।

त्यसैगरी नेदरल्याण्ड्सका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र साइब्राण्ड एंगेलब्रेचटले २(२ विकेट लिएका थिए ।