गण्डकी र सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

गण्डकी र सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

 

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका २ मन्त्रीलाई बर्खास्त गरेका छन् ।

संघीय सरकारमा भएको समीकरण परिवर्तनसँगै कांग्रेसबबाट मुख्यमन्त्री बनेका पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई बर्खास्त गरेका हुन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि ३ मन्त्रीलाई बर्खास्त गरेका छन् । केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका २ मन्त्री र १ राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् ।

माओवादीका सामाजिक विकासमन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाएका हुन् । शाहले रिक्त २ मन्त्रालय आफैँसँग राखेका छन् ।

दुवै प्रदेशमा कांग्रेसकाे नेतृत्व छ ।