नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

नेपालले नेदरल्याण्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्न नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २३ रन, कप्तान रोहित पौडेलले २५ रन, गुल्सन झाले २६ रन
आसिफ शेखले ४७ रन, दीपेन्द्र सिंह ऐरीले १ रन मात्र बनाए ।

यस्तै करण केसीले ९ रन बनाए भने आरिफ शेखले खाता खोल्न सकेनन् ।

नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २–२ विकेट लिए ।