सशस्त्र प्रहरी नायव उपरीक्षक बस्याल मृत फेला

सशस्त्र प्रहरी नायव उपरीक्षक बस्याल मृत फेला

मोरङ ।

मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मृत फेला परेका छन्।

धनपालथान गाउँपालिका–३ स्थित बीओपी सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याल सोमबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो। घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार  तिमल्सिनाले बताए।

बस्यालले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।