आज नयाँ सत्ता गठबन्धनका ३ जना मन्त्रीहरू शपथ लिने

आज नयाँ सत्ता गठबन्धनका ३ जना मन्त्रीहरू शपथ लिने

काठमाडौं ।

आज नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरू शपथ लिने भएका छन्।

सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

उनका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।

गिरी पर्वत, तामाङ नुवाकोट-१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो।