नयाँ सरकार बन्ने भएपछि कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजारमा ‘सर्किट ब्रेक’

नयाँ सरकार बन्ने भएपछि कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजारमा ‘सर्किट ब्रेक’

काठमाडौं ।

साेमबार सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो ।

कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेको हो ।

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ । यतिबेलासम्म १४ करोड ८० लाख रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कारोबार स्थगित भएको समयदेखि २० मिनेटपछि बजार फेरि खुल्नेछ ।

हालको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै बजारमा एकाएक उच्च वृद्धि देखिएको हो ।