शालिनको पोस्टमार्टम रिपोर्टमा बलात्कार पुष्टि भएन

शालिनको पोस्टमार्टम रिपोर्टमा बलात्कार पुष्टि भएन

चितवन

चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन्।

पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको स्रोतले जानकारी दिएको छ।

फागुन १२ गते बिहान बोर्डिङको होस्टलमा बालिका मृत फेला परेकी थिइन्।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै आएका थिए। त्यसपछि उनीहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरेको थियो ।

१० वर्षदेखि एक्ली शालिन : बुवा कान्छी ल्याएर काठमाडौंमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा