एकैदिन २ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन २ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो ।

शुक्रबार तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख २० हजार ६ सय कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ ।

अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।