नेपालले नामिबियालाई दियाे १८१ रनको लक्ष्य

नेपालले नामिबियालाई दियाे १८१ रनको लक्ष्य

काठमाडौं ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी–२० सिरिजअन्तर्गत नेपालले नामिबियाविरूद्ध दोस्रो खेलमा १८१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनायो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

यस्तै आरिफ शेखले ३१ रन, अनिल साहले २३ रन, गुल्शन झाले२६ रन, दीपेन्द्र सिंह ऐरीले १६, रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भए ।

बलिङमा नामिबियाका बेन शिकोन्गोले ३ विकेट लिए।