जडीबुटीकाे फर्निचर कारखानामा भीषण आगलागी

जडीबुटीकाे फर्निचर कारखानामा भीषण आगलागी

काठमाडाैँ ।

काठमाडौँका जडीबुटीमा भीषण आगलागी भएको छ । शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो ।

मुख्य सडक नजिकै पर्ने स्थानमा लागेको आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका ४ वडा दमकल प्रयोग गरिएको छ ।

यद्यपि आगाे नियन्त्रणमा आइनसकेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आगो के कारणले लागेकाे भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएकाे छ ।