वैदेशिक रोजगार विभागका नायब सुब्बा घुस मुद्दामा दोषी ठहर, ३ महिना कैद फैसला

वैदेशिक रोजगार विभागका नायब सुब्बा घुस मुद्दामा दोषी ठहर, ३ महिना कैद फैसला

काठमाडौं ।

वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे घुस मुद्दामा दोषी ठहर भएका छन्।

सेवाग्राहीसँग ३० हजार रुपैँया घुस लिएकाे आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत वर्षको चैतमा पक्राउ गरी भ्रष्टाचार मुद्दा चलाएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पाण्डेलाई दोषी ठहर गरी ३० हजार रूपैयाँ जरिवाना र ३ महिना कैद हुने फैसला गरेको हो।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि घुस माग गरिरहेको भन्ने निवेदनको आधारमा अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।