आगामी आर्थिक वर्ष ८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

आगामी आर्थिक वर्ष ८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ

काठमाडौं ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तोकिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्ताे जानकारी दिएका हुन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब बराबरको सिलिङ तोकेको मन्त्री महतले जानकारी दिए ।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबिच निरन्तर छलफल हुने गरेको भए पनि कुनै विवाद भने नभएको उनले जानकारी दिए ।