संसदीय समितिद्वारा खाद्य गुणस्तरसम्बन्धी कानुन संशोधन विधेयक पारित

संसदीय समितिद्वारा खाद्य गुणस्तरसम्बन्धी कानुन संशोधन विधेयक पारित

काठमाडौं ।

संसदीय समितिले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

बैठकले सहमति जुटाउन गठन गरेको उपसमितिको प्रतिवेदनमाथि छलफल गरेर विधेयक पारित गरेको हो ।