एसीसी महिला प्रिमियर कप : नेपालले मलेसियालाई दियाे ११६ रनको लक्ष्य

एसीसी महिला प्रिमियर कप : नेपालले मलेसियालाई दियाे ११६ रनको लक्ष्य

काठमाडाैँ ।

एसीसी महिला प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले २९ रन, डोली भट्टले २५ तथा रुविना क्षेत्रीले २० रनको योगदान गरे । कविता कुँवरले २३ रन तथा सिता राना मगरले ६ रन जोडे ।

मलेसियाका लागि महिरन इजाती इस्माइलले २ विकेट तथा विनिफ्रेड डुरासिंगमले १ विकेट हात पारे ।

आजको खेलमा जित हात पारे नेपालले एसीसी एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।