प्रहरीका हवल्दार जंगलमा मृत भेटिए

प्रहरीका हवल्दार जंगलमा मृत भेटिए

काठमाडौँ ।

नेपाल प्रहरीका हवल्दार भूपेन्द्र ठकुल्ला बुटवल नजिकको जंगलमा मृत भेटिएका छन्।

मृतक प्रहरी हवल्दार ठकुल्ला प्रहरी चौकी भातकाडा डडेल्धुरामा कार्यरत रहेको प्रहरीले बताएको छ।

ठकुल्लाको शव शिवनगर सामुदायिक वनमा सडीसकेको अवस्थामा भेटिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए ।

बिहीबार मात्रै मृत भेटिएका हवल्दार ठकुल्लाको घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ अर्यालले बताए ।