एसीसी प्रिमियर कपः नेपालले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने

एसीसी प्रिमियर कपः नेपालले मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने

एसिसी महिला प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

आजको खेलमा जित हात पारे नेपालले एसिसी एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।