ललिता निवास प्रकरणमा फैसला, गृहमन्त्रीले दिए धन्यवाद

ललिता निवास प्रकरणमा फैसला, गृहमन्त्रीले दिए धन्यवाद

काठमाडाैँ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गरेको भन्दै धन्यवाद दिएका छन्।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । गृहमन्त्री श्रेष्ठले फैसला गर्ने अदालत र न्यायाधीशहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका हुन्।

उनले भनेका छन्, ‘अन्ततः ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ। जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्‍यो। विशेष अदालत र न्यायाधीशहरूप्रति हार्दिक आभार र धन्यवाद ।’