ड्युटीमा खटिएकी प्रहरीलाई आफ्नै पतिले गाेली हानी मारे, गाेली हान्ने पनि प्रहरी नै

ड्युटीमा खटिएकी प्रहरीलाई आफ्नै पतिले गाेली हानी मारे, गाेली हान्ने पनि प्रहरी नै

काठमाडाैँ ।

दाङमा ड्युटीमा खटिएकी एक महिला प्रहरीको गोली हानेर हत्या भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय (हाल नेपालगन्ज बाँके)मा कार्यरत सहायक हवलदार यमबहादुर झाँक्रीले वडा प्रहरी कार्यालय घोराही(दाङ) मा कार्यरत प्रहरी जवान आफ्नै श्रीमती धनमाया थापा मगरलाई पेस्तोल प्रहारगरी हत्या गरेका हुन् ।

घटना साँझ करिब साढे ७ बजे भएको हो। गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमहीको अर्जुन खोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार टु ट्वान्टी बाइकमा आएका झाँक्रीले घोराहीको दामोदर चोकमा हतियारसहित डियुटीमा बसेकी श्रीमतीलाई तीन राउन्ड गोली हानेका थिए । दुई राउन्ड कोखामा र एक राउन्ड गोली छातीमा लागेको थियो ।

सहायक हवलदार झाँक्री कर्णाली प्रदेश प्रहरी कार्यालय(हाल नेपालगन्ज बाँके)का एसएसपीका बडिगार्ड हुन् । प्रहरीका अनुसार उनकी श्रीमतीले दाङ जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।