१९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादी केन्द्रकाे निर्णय

१९९ सदस्यीय केन्द्रीय समिति बनाउने माओवादी केन्द्रकाे निर्णय

काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।

पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको एक नेताले जनाएका छन् ।

माओवादीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

यस्तै कार्यालय ११ जनाको बनाउने स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय पनि भएको छ ।