दोहाबाट नेपाल आएका २ महिला सुनका गहनासहित पक्राउ

दोहाबाट नेपाल आएका २ महिला सुनका गहनासहित पक्राउ

काठमाडौं।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ल्याएको सुनको गहनासहित दुई महिला पक्राउ परेका छन्।

सुनसरी बराहक्षेत्र-१ की ३८ वर्षीया सन्चाकुमारी राई र धादिङ सिद्धलेस-३ की २६ वर्षीया उर्मिला मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

हिमालयन एयरलाइन्सको जहाजमा दोहाबाट नेपाल आएकी सन्चाकुमारीलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा भित्री वस्त्रमा सुन लगाएको भेटिएको हो।

उनको साथबाट ११.६४ ग्राम तौलको एउटा बेरुवा औंठी र करिब ५८.३२ ग्राम तौलको एउटा ब्रासलेट भेटिएको प्रहरीले जनाएको छ।

सोही विमानबाट आएकी अर्की महिलाको साथबाट पनि पाइन्टभित्र लुकाइ ल्याएको ५० ग्राम तौलको एउटा सिक्री र करिब १८ ग्राम तौलको गणेशको मूर्ति भएको लकेटसहितको एउटा भेटिएपछि प्रहरीले पक्राउ गरेको हो।