प्रेम दिवसमा जब माैसम पनि प्रेमिल बन्छ [तस्बिरहरू]

प्रेम दिवसमा जब माैसम पनि प्रेमिल बन्छ [तस्बिरहरू]

हिजाे १४ फेब्रुअरी अर्थात् प्रणय दिवस । प्रेम दिवसकाे आसपास देशभरकाे माैसम पनि यसरी प्रेमिल बनिदिएकाे छ कि मानौँ- याे माैसममा देशकाे सुन्दरता झन् निखारिएर आएकाे छ । हेरौँ केही खुलेकाे माैसममा प्रेमिल तस्बिरहरूः

धवलागिरि र टुकुचे पिक हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिका–२ मा स्थित भुतर्छो ताल । बेनी–जोमसोम सडकको ताङछरादेखि सवारीसाधनमा १५ मिनेटको यात्रा गरेपछि पुगिने भुतर्छो ताल मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ ।

 

बागलुङको पञ्चकोटबाट देखिएको मालिका र म्याग्दीको भकिम्ले गाउँ । अग्लो डाँडामा रहेका यी २ गाउँले अहिलेसम्म मौलिकता जोगाइरहेका छन् ।

 

गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकाेटकाे बारेकोट गाउँपालिका–१ रामीडाँडा तथा प्रशासकीय केन्द्र लिम्सालगायत आसपासको क्षेत्र । 

 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३, कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल र आसपासको क्षेत्र ।

 

सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको घन्टाघर र पछाडि देखिएको वीरेन्द्रनगर बजार ।

 

मुस्ताङको थासाङ गाउँपालिका–३ कालोपानीको सडकमा हलो बोकी गोरु धपाएर गन्तव्यतर्फ जाँदै कृषक र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल । 

 

बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटबाट देखिएको कुँडुले फेदी । बागलुङ नगरपालिका–४ मा पर्ने कुँडुले फेँदीलाई अन्न भण्डारण क्षेत्रका रूपमा लिइन्छ ।

 

खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा माटोबाट बनाइएको टायलको छाना लगाइएका घरहरू । पर्यावरणीय हिसाबले टायलको छाना लगाइएको घरमा बस्नु उपयुक्त मानिए पनि पछिल्लो समय जस्तापाताका कारण टायल विस्थापित हुँदै गएको छ ।

 

सोलुखुम्बूको गार्मामा रहेको बौद्ध स्तुपा । बौद्ध धर्मवलम्बीहरूको आस्थाको केन्द्र बौद्ध स्तुपाले आन्तरिक पर्यटन आकर्षित गर्नुका साथै गाउँको सौन्दर्यतासमेत अभिवृद्धि गरेको छ ।

तस्बिरहरू सबैः रासस