लिभोनको प्रचारमा दक्षिण एसियाकै पहिलो समलिंगी जोडी दीप्ति र सुप्रिता

लिभोनको प्रचारमा दक्षिण एसियाकै पहिलो समलिंगी जोडी दीप्ति र सुप्रिता

काठमाडौं ।

कपाल हेरचाहको क्षेत्रमा एक विश्वसनीय नाम लिभोन कानुनी रूपमा आफ्नो विवाह दर्ता गर्ने दक्षिण एसियाकै पहिलो समलिंगी जोडी दीप्ति र सुप्रितासँगै आफ्ना सबै जीवन्त रङहरूमा रंगिएर प्रेमको उत्सव मनाएको छ।

लिभोन समेतको सहनिर्माणमा बनेको एक भिडियोमा कैद गरिएको उनीहरूको यात्राले आफ्नो अस्तित्वलाई स्वीकार गर्न र समान प्रेमका लागि उभिन प्रेरित गर्ने कम्पनीको भनाइ छ ।

आफ्ना उत्पादनहरूमार्फत् जीवनका विविध रङहरू मनाउँदै आएको लिभोनले उनीहरूको मायाका जीवन्त रङहरूको उत्सव मनाउँदै छ । लिभोनले दीप्ति र सुप्रिताले आफ्नो नयाँ अध्याय सुरु गरेकामा बधाइसमेत ज्ञापन गरेको छ ।

लिभोन कपालको हेरचाहमा जोड दिने एक प्रिमियम श्रेणीको ब्रान्ड हो । यो कपाल हेरचाहका सामग्रीहरु उत्पादन गर्ने मारिको लिमिटेडको ब्रान्डहरूमध्येकै एक हो।

यस ब्रान्डले ‘गर्जियस हेयर डे, एभरी डे’ भन्ने आफ्नो नाराअनुरुप महिलाहरूको भावनालाई उकास्ने र उनीहरूलाई आफ्ना बारेमा राम्रो महसुस गराएर सशक्तीकरण गर्ने उद्देश्य राखेको छ।