नेपालले नामिबियालाई दियाे १३३ रनको लक्ष्य

नेपालले नामिबियालाई दियाे १३३ रनको लक्ष्य

काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग -२ को पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए ।

कुशल मल्लले १५ रन,ओपनर कुशल भुर्तेलल रोयल डक भए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भए ।

कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोले,  तर उनी अर्को रन थप्न नसकी १३ बलमा बोल्ड भए ।

ओपनर आसिफ शेख ४ रन र सोमपाली कामीले २ रन बनाए ।

नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट र ट्रम्पलम्यान र ब्रासेलले समान २-२ विकेट लिए।

नामिबियाले अव केहिबेरमा जवाफी व्याटीङ गर्नेछ ।