आम्दानीमा आधा हिस्सा स्थानीयलाई र मायादेवी मन्दिरमा पूजा–आरतीको माग

आम्दानीमा आधा हिस्सा स्थानीयलाई र मायादेवी मन्दिरमा पूजा–आरतीको माग

लुम्बिनी बचाउ संघर्ष समितिको ज्ञापनपत्र

लुम्बिनी बचाउ संघर्ष समितिको ज्ञापनपत्र

लुम्बिनी।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा स्थानीय लुम्बिनी साँस्कृतिक नगरपालिकालाई दिन लुम्बिनी बचाउ संघर्ष समितिले माग गरेको छ ।

गुरुयोजनाका लागि जग्गा दिनेदेखि लुम्बिनीको संरक्षण र विकासमा स्थानीयको योगदान भए पनि त्यहां हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको भन्दै समितिले सो माग राखेको जनाएको छ ।

संघर्ष समितीले लुम्बिनी बिकास कोषलाइ बुझाएको १९ बुँदे ज्ञापनपत्रमा विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव सहितका पदाधिकारी र २ जना सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्नुपर्ने माग छ । त्यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका संघीय सांसद र प्रदेश सभा सदस्य बिधानतः पदेन सदस्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

संघर्ष समितिले मायादेवी मन्दिरको स्वरूप र संरचना परिवर्तन गर्न नपाइने तथा गुरुयोजना विपरीतका अनाधिकृत संरचना तत्काल हटाउन माग गरेको छ । त्यसैगरि बुद्ध जन्मस्थल मायादेवी मन्दिर भित्र नित्य पूजा, संध्या आरती तथा दिप प्रज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिर दर्शन–अवलोकनका लागि कुनैपनि शुल्क नलाग्ने व्यवस्था तत्काल मिलाउन समितिको माग छ ।

शान्तिपूर्ण धर्मसभा, प्रवचन तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने खालको कार्यक्रम गर्न पाउने कार्यविधि यथाशिघ्र बनाई अन्तर्राष्ट्रिय सभाहललाई संचालनमा ल्याउनुपर्ने तथा लुम्बिनी विकास कोषको गुरुयोजनामा उल्लेख भए अनुसार लुम्बिनी विकास कोष परिसर भित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र एक बगैचाको तत्काल निर्माण थालनी गर्न संघर्ष समितिले माग गरेको छ ।

मायादेबी मन्दिरलाई बिहान ५ बजेदेखि बेलुका १० बजे सम्म खुल्ला राख्न समितिले ज्ञापन पत्र मार्फत माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, “स्व.पंडित गंगा प्रसाद पाण्डे बिगतमा पुस्तौ पुस्ता देखि मायादेबी मन्दिरको पुजापाठ गर्दै आएकोमा निजका सन्तानलाइ एकस्थान सुरक्षित राख्नु पर्दछ । कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनु पर्दछ, र पुरानालाइ स्थाई बनाउनु पर्दछ ।”

लुम्बिनी अधिग्रहणमा परेका किसानलाइ परिचयपत्रको व्यवस्था, बँदेल निलगाई लगायतका जीवजन्तुबाट भएको बालीनालीको क्षतिपूर्तिको व्यवस्था, एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त बिद्युतीय बस तथा भ्यान आन्तरिक तथा वाह्य पर्यटकलाइ लक्षित गरि यथाशिघ्र संचालन गर्नु पर्ने तथा गेट न. ४ र ५ को बिचमा साना सवारी राख्ने पार्क निर्माण गर्नुपर्ने संघर्ष समितीको माग छ ।

संघर्ष समितीले लुम्बिनी बिकास कोषलाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, “साना किसानले पाल्न सक्ने तर पर्यावरणको लागि हितकर बोट बिरुवा (सिमल, पिपल, वर, आदि)को संरक्षण गर्नुपर्दछ । लुम्बिनी विकास कोषक्षेत्रको दक्षिणी प्रवेश मार्गको आफ्नै छुट्टै ऐतिहासिक महत्व भएको हुनाले साबिक ठाउमै मार्ग र प्रवेसद्वार हुनुपर्दछ । लुम्बिनीमा अहिले सम्ममा उत्खननका क्रममा भेटिएका ३९ भन्दा बढी मुर्ति तथा अमुल्य पुरातात्विक बस्तुहरुको अभिलेख सहित लुम्बिनीमा नै पुर्नस्थापना हुनुपर्दछ ।”…

No description available.

No description available.