पाल्पामा जिप दुर्घटना : ८ जनाकाे मृत्यु, ३ जनाकाे पहिचान खुल्याे

पाल्पामा जिप दुर्घटना : ८ जनाकाे मृत्यु, ३ जनाकाे पहिचान खुल्याे

काठमाडाैँ ।

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–६ स्थित मस्याममा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुवर्ण श्रेष्ठले जानकारी दिएका छन् ।

लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो। क्षमताभन्दा बढी लोड बाेकेकाे जिप उकालोमा तान्न नसकेर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ३ जनाको पहिचान खुलेको छ।

स्थानीय एक शिक्षकका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका- ६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी छन्।

गाउँमा पाहुना बस्न गएकाहरू दुर्घटनामा परेकाले पहिचानमा समस्या भएको बताइएकाे छ।