मिनीट्रकसँग मोटरसाइकल ठाेक्किँदा १ जनाकाे मृत्यु

मिनीट्रकसँग मोटरसाइकल ठाेक्किँदा १ जनाकाे मृत्यु

काठमाडौँ ।

काभ्रेको पाँचखाल नगरपालिका-८ स्थित ५० किलोमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्।

मंगलबार दिउँसो पौने ४ बजेतिर दोलालघाटबाट जिरो किलोतर्फ आउँदै गरेको बा.प्र. ०२-०३४ प. ३३२१ मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आएको बा.३ ख. ७२०४ नम्बरको मिनीट्रकसँग ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय मुरारी कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा धुलिखेल अस्पतालले अपराह्न सवा ४ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका-७ का २८ वर्षीय राजन दंगाल घाइते भएको र उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

दुवै सवारीसाधन र मिनीट्रक चालक काभ्रे भुम्लु गाउँपालिका-४ का २४ वर्षीय पूर्णबहादुर पहरीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।