काठमाडाैँ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाले नैतिक समर्थन गरेको छ ।
प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले आज भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले नैतिक समर्थन गरेका हुन् ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार प्रसाईंको कार्यक्रममा पार्टीका नेताहरू संस्थागत रूपमा नभई व्यक्तिगत रूपमा सहभागी हुनेछन् ।
सोमबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र दुर्गा प्रसाईंबीच सहकार्य गर्ने सहमति भएको जानकारी उनले दिए।
प्रसाईँसँग सहकार्यको गृहकार्य गर्न राप्रपाले डा. धवलशम्शेर राणा र हेमजंग गुरुङको वार्ता समिति बनाएको छ ।
Comment