एनआइसी एसिया बैंककाे ट्याग लागेकाे करिब २ कराेड नक्कली नाेट बरामद

एनआइसी एसिया बैंककाे ट्याग लागेकाे करिब २ कराेड नक्कली नाेट बरामद

धरान । सुनसरीबाट ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा सवारी जाँचका क्रममा सुनसरी खोला पुलनजिक सेतो रङको बिआर ११ एक्स ३४२९ महेन्द्र स्कोरपियोबाट ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित भारतको विहार राज्य सुपौल जिल्ला थाना बिरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भारतीय नागरिक साफीले चलाएको भारतीय स्कोरपियोमा कालो ब्यागभित्र सेतो बोरामा राखिएको १००० दरका १८ हजार २५१ थान नक्कली नेपाली नोटको कुल १ करोड ८२ लाख ५१ हजार रुपियाँ बरामद गरेको जनाएको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गर्दै बरामत भएको नक्कली नेपाली नोट, भारतीय गाडी र भारतीय नागरिक साफीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार बिहान बरामद गरेको नक्कली नोटमा एनआइसी एसिया बैंकको ट्याग फेला परेको बताएको छ।

रकम बरामद भएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएकाे छ।