बिदा खारेज भए पनि जनयुद्ध दिवस मनाइछाड्ने प्रचण्डकाे चेतावनी

बिदा खारेज भए पनि जनयुद्ध दिवस मनाइछाड्ने प्रचण्डकाे चेतावनी

काठमाडौँ । 

सर्वाेच्च अदालतले सार्वजनिक बिदा बदर गरिदिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने अधिकार कसैले खाेस्न नसक्ने बताएका छन् ।

उनले जनयुद्ध दिवस मनाउने आफूहरूको नैसर्गिक अधिकार भएकोसमेत बताए ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार प्रचण्डले देशैभरि जनयुद्ध दिवस मनाउने बताएका हुन् ।

‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो। अस्ति भर्खरै शान्ति प्रक्रिया नटुंगिएको हुनाले जनयुद्ध दिवस मनाउन उचित नहुने भनेर अदालतले निर्णय गर्‍यो,’ प्रचण्डले भने, ‘हामी अदालतको निर्णयलाई शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने बेलासम्म सम्मान नै गर्छौं । तर, जनयुद्ध दिवस मनाउने हाम्रो नैसर्गिक अधिकारलाई कसैले रोक्न सक्दैन, रोकिँदैन। देशभरि भोलि जनयुद्ध दिवस मनाइन्छ ।’