युनाइटेड अजोड इन्स्योरेन्सकाे नाफा बढ्याे

युनाइटेड अजोड इन्स्योरेन्सकाे नाफा बढ्याे

काठमाडाैँ ।

युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सकाे खुद नाफा ३ करोड १८ लाख रुपैयाँ छ । याे नाफा गत वर्षकाे साेही अवधिकाे तुलनामा ४८ प्रतिशतले बढी हाे ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४४ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क २३ करोड ९५ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ९४.५२ प्रतिशत बढेको छ ।