कसले र किन दल्याे यातायातका डिजीलाई कालोमोसो ?

कसले र किन दल्याे यातायातका डिजीलाई कालोमोसो ?

काठमाडौँ ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीको युवा संगठन क्रान्तिकारी युवा संगठन नेपालले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि कालोमोसो दलेकाे छ ।

सोमबार महानिर्देशक रिजालमाथि मीनभवनस्थित कार्यालयमै कालोमोसो दलिएको साे संगठनका अध्यक्ष हरिश भट्टले जानकारी दिए ।

संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनीमाथि कालोमोसो दलेकाे भट्टले बताए । कालोमोसो दल्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सवारी लाइसेन्स घोटालाको छानबिन उनी स्वयंले गराएका थिए। विभागको छानबिनबाट १० वर्षमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको भेटिएको थियो।

अनियमिततामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले छुट्टाछुट्टै रूपमा अनुसन्धान गरिरहेका छन्। महानिर्देशक रिजाललाई मोसो दलिएकोबारे अहिले प्रहरीले अनुसन्धान थालेको छ।