शम्भुजितलाई ‘साधना म्युजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’

शम्भुजितलाई ‘साधना म्युजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’

काठमाडौँ ।

गीतकार, संगीतकार तथा गायक शम्भुजित बासकोटालाई ‘साधना म्युजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । नेपालकै पहिलो रिवार्डका रूपमा स्थापित भएको ‘साधना म्युजिक रिवार्ड–२०८०’मा बासकोटालाई सम्मान गर्न लागिएको हो ।

अवार्ड आगामी फागुन १५ गते काठमाडौँको गंगबुस्थित बिजी ब्याङ्क्वेट र इभेन्टमा आयोजना हुँदै छ । आयोजक सामना म्युजिक क्रिएसनकी अध्यक्ष सामना शाहले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका बासकोटालाई ५ दशकदेखि नेपाली संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्न लागिएको बताइन् ।

आयोजकले यसअघि नै ‘साधना म्युजिक रिवार्ड–२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिसकेको छ ।

यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदै छ ।