वेस्ट इन्डिजका फास्ट बलर शामर आइपिएलमा लखनउबाट खेल्ने

वेस्ट इन्डिजका फास्ट बलर शामर आइपिएलमा लखनउबाट खेल्ने

काठमाडौँ ।

वेस्ट इन्डिजका फास्ट बलर शामर जोसेफ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को सिजन लखनउ सुपर जायन्ट्सबाट खेल्ने भएका छन् ।

लखनउले शमारलाई ३ करोड भारुमा टिममा समावेश गरेको छ । शमारलाई लखनउले इङ्ल्यान्डका तिब्र गतिका बलर मार्क वुडको स्थानमा समावेश गरिएको हो ।

वेस्ट इन्डिजका फास्ट बलर शमरले हालै आफ्नो प्रदर्शनले विश्वलाई नै चकित पारेका थिए । उनले अस्ट्रेलियाविरुद्धको गाब्बा टेस्टको दोस्रो इनिङ्समा ७ विकेट लिएर आफ्नो टोलीको हारेको खेल जिताएका थिए ।

वेस्ट इन्डिजले ३६ बर्षपछि अस्ट्रेलियालाई गाबा मैदानमा पराजित गरेको थियो । सो खेलको प्रदर्शनको पुरस्कार स्वरूप उनको अब आइपिएलमा इन्ट्री भएको छ ।

यस सिजनको आईपीएल मार्च २३ बाट सुरु हुने बताइएको छ ।