पटकथा लेखन कार्यशाला सम्पन्न

पटकथा लेखन कार्यशाला सम्पन्न

सुनसरी ।

सुनसरी र उदयपुर जिल्ला जोड्ने कोसी पुलस्थित होटल कोसी प्यालेसमा सञ्चालित ७ दिने पटकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।

७ दिने कार्यशालामा फिल्मको पटकथा तयार, पटकथा संरचना, जीवन्त चरित्र निर्माण, सटिक संवाद, फिचर लेन्थको पटकथाका विभिन्न आयामहरू पनि बुझ्न पाएको सहभागीहरुले बताएका छन् ।

यो कार्यशाला एकदमै उपयोगी भएको सहभागी मोहन चापागाईंले बताए । आयोजक मिडल वे फिल्म्सका निर्देशक मोहन राईका अनुसार यो कार्यशाला आर्थिक लाभ भन्दा पनि काेसी प्रदेशका चलचित्रकर्मीलाई स्तरीय चलचित्र निर्माणमा दक्षता बनाउन कार्यशाला आयोजना गरिएको बताए।

उक्त कार्यशालालाई नेपालका सुप्रसिद्ध पटकथा लेखक तथा सिनेमा कलेजका प्राध्यापक अविनाशविक्रम शाहले सहजीकरण गरेका थिए । प्रदेश १ का चलचित्रकर्मीलाई केन्द्रमा राखेर उक्त पटकथा लेखन कार्यशाला आयोजना गरिएको थियो भने भविष्यमा चलचित्रसँग सम्बन्धित अन्य कार्यशाला पनि सञ्चालन गर्ने योजना रहेको मिडल वे फिल्म्सका निर्देशक मोहन राईले बताएका छन् ।