रुसले खसाल्यो ४८ वटा युक्रेनी ड्रोन

रुसले खसाल्यो ४८ वटा युक्रेनी ड्रोन

पश्चिमी सेनाको समूहको रुसी वायु रक्षा बलले विगत २४ घण्टामा ४८ युक्रेनी ड्रोन खसालेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकैदिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रुसको तास समाचार एजेन्सीले सेनाको प्रेस केन्द्रका प्रमुख इभान बिगमालाई उद्धृत गर्दै जनाएको छ । पूर्वी युक्रेनस्थित कुप्यान्स्क खार्कोभ क्षेत्रमा रहेको सहर हो ।

बिगमाले युक्रेनमा १४५ जनाको ज्यान गएको बताउँदै रुसी हवाई आक्रमणमा व्यापक हतियारको प्रयोग गरिएको जनाएका छन् । आक्रमण सम्बन्धमा युक्रेनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।