शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

सामाजिक अभियन्ता बताउने वाइबालाई वुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरिएको थियो ।

कलाकार खतिवडाले आफूलाई कुटपिट गरेको भन्दै उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता गराएका थिए ।

पवनले शर्मिला वाइबा, पत्नी सुम्निमा खालिङ र बहिनी गंगा मिलेर उनी बसेको घरभित्रै गएर हातपात गरेको आरोप लगाएका छन् ।