दार्चुला ।
दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत महिला नगर प्रहरी मृत्यु प्रकरण अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ ।
महाकाली नगरपालिका –४ खलंगामा डेरा गरी बस्ने महाकालीका वडा ८ कि २२ वर्षीया रविना पल्याल गत आइतबार कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
पल्याल मृत्यु प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका –८ कै रोशनसिंह धामीलाई पक्राउ गरेको छ ।
मृतक युवतीको परिवारले २९ वर्षीय रोसन धामीको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए।
परिवारले दिएको जाहेरी सही भएमा पक्राउ परेका धामीविरुद्ध आत्महत्या दुरूत्साहन मुद्दा लाग्ने बताइएको छ ।
Comment