१५ सय रुपैयाँले घट्यो सुनको भाउ

१५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं ।

मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो ।

सुनको भाउ सोमबार ४०० रुपैयाँ र आइतबार ६०० रुपैयाँले घटेको थियो ।

हिजो १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।

यस्तै चाँदीको मूल्य समेत १५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।