निजगढ विस्फोट घटना : भारतीय नागरिकसहित २ जना ‘कवाडीवाला’ पक्राउ

निजगढ विस्फोट घटना : भारतीय नागरिकसहित २ जना ‘कवाडीवाला’ पक्राउ

बारा ।
बाराको निजगढ नगरपालिकामा सोमबार दिउँसो रोहित वर्कशपमा भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ‍।

घटनाको अनुसन्धानको क्रममा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्ने ४० वर्षका रमेश जयसवाल र निजगढ नगरपालिका-९ बस्ने २९ वर्षका टीकाराम पाखरिन रहेको न्यौपानेले बताए।

दुवै जना सोही ठाउँमा ‘कवाडी किन्ने’ काम गर्ने गरेको उनले बताए।