टी-२० सिरिजको पहिलो खेलमा नेपाल २० रनले पराजित

टी-२० सिरिजको पहिलो खेलमा नेपाल २० रनले पराजित

काठमाडाैँ ।

त्रिकोणात्मक टी-२०  सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।

ओपनर कुशल भुर्तेल गोल्डेन डकआउट भए भने अर्का ओपनर आसिफ शेखले ६ रन मात्र जोड्न सके, कुशल मल्लले ३२ रन , गुल्सन झा १२ ,सन्दीप जोराले ५ रन , विवेक यादव ६ रनमा आउट भए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।

सिरिजमा अब नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्नेछ।