सिंहदरबार र बानेश्वरका फुटपाथमा हिँड्न पनि नपाइने

सिंहदरबार र बानेश्वरका फुटपाथमा हिँड्न पनि नपाइने

काठमाडौं ।

सिंहदरबार र संघीय संसद भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरिएको छ ।

लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।

सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ । त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ ।

सिंहदरबार र बानेश्वरका फुटपाथमा अघिल्ला दिनहरुमा भन्दा धेरै प्रहरी परिचालन गरिएको छ ।

उनीहरुले सर्वसाधारणलाई डोरी टाँगिएको क्षेत्रमा हिँड्न दिएको छैन । फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् ।